Logo

सबैलाई रिझाउने सकारको नीति तथा कार्यक्रम, सुरक्षा र सहुलियतसहितको उत्पादनदेखि निर्यातसम्म (पूर्णपाठ सहित)

सबैलाई रिझाउने सकारको नीति तथा कार्यक्रम, सुरक्षा र सहुलियतसहितको उत्पादनदेखि निर्यातसम्म (पूर्णपाठ सहित)



काठमाडौं । सरकारले सबैजसो क्षेत्रलाई रिझाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सबै क्षेत्रलाई ओगट्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

उद्योग क्षेत्रमा लगानी विस्तार देखि उत्पादन वृद्धिसम्म र कृषि क्षेत्रको स्तरोन्नति देखि मल, विउविजनमा सहुलियतसम्मका घोषणा नीति तथा कार्यक्रममा गरिएका छन् ।

यस्तै औद्योगिक उत्पादन पहुँचका लागि विद्युतीय प्रणाली उपयोग गर्ने, घरजग्गा कारोबार कम्पनीमार्फत गर्ने, सरकारले सहरी पूर्वाधार निर्माणलाई व्यवस्थित र चुस्त बनाउन सडक, पुल, स्मार्टसिटीजस्ता संरचनाको योजना निर्माणकै चरणमा दूरसञ्चार, विद्युत्, ढल, खानेपानीलगायत पूर्वाधारका लागि एकीकृत युटिलिटी कोरिडोर बनाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्मको युटिलिटी कोरिडोर आगामी आर्थिक वर्षमै प्रारम्भ गरिनेलगायतका बुँदाहरु समावेश गरिएको छ ।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र रुकुमपूर्वमा आवश्यक कार्यालय भवन निर्माण पनि आगामी वर्षदेखि प्रारम्भ गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । दक्षिण–पश्चिमका सीमावर्ती र उत्तरी सिमानाका व्यापारिक नाकामा सहरी पूर्वाधारको निर्माण गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

दोधारा–चाँदनी र राजापुरमा सहर विकासका पूर्वतयारीका काम सुरु गर्ने योजना पनि सरकारले नीति तथा कार्यक्रममार्फत अघि सारेको छ । सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्ने नीति लिएको पनि कार्यक्रममा उल्लेख गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने सरकारको योजना छ । काठमाडौँलगायत स्थानमा पुराना र अव्यवस्थित बस्तीको जग्गा एकीकरण ९हाउसपुलिङ० गर्ने योजना बनाउने सरकारको तयारी छ ।

सरकारले नीति तथा कार्यक्रममा बाहिरी चक्रपथ निर्माणलाई अघि बढाउने कार्यक्रम पनि उल्लेख गरेको छ । डेढ दशकदेखि चर्चामा रहेको काठमाडौँ उपत्यकाका तीन जिल्लामा फैलने बाहिरी चक्रपथको योजनाले अझै कार्यान्वयनको रुप भने पाउन सकेको छैन ।

यस्तो छ पुर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
MBL