Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना, प्राङ्गारिक मलमा रसायनिक सरह अनुदान

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना, प्राङ्गारिक मलमा रसायनिक सरह अनुदान



काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।

अबका दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने भएको हो । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सरकारले प्राङ्गारिक मलको प्रयोगलाई उच्च प्राथमिकता दिने भएको छ । सोही अनुरुप सरकारले प्राङ्गारिक मलमा समेत रासायनिक मलमा सरह अनुदान दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्