Logo

चीनतर्फका २ नाकाबाट पौने ३४ अर्बको आयात, नेपालबाट निर्यात शून्य

चीनतर्फका २ नाकाबाट पौने ३४ अर्बको आयात, नेपालबाट निर्यात शून्य



काठमाडौं । चालु आर्थिक बर्षको १० महिना वित्दा पनि नेपालका उत्तरी नाकाबाट निर्यात व्यापार शून्य छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चीनतर्फका नाका तातोपानी र रसुवागढी नाकाबाट १० महिनामा ३३ अर्ब ८८ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएपनि निर्यात व्यापार भने शुन्य छ ।

चिनियाँ पक्षको चरम उपेक्षाका कारण नेपाली व्यापारीहरुले उक्त दुई नाकाबाट कुनैपनि सामान चीनतर्फ पठाउन सकेका छैनन् । पछिल्लो १० महिनामा रसुवागढी नाकाबाट नेपालमा २२ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा तातोपानी नाकाबाट ११ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर, यी दुवै नाकाबाट जाने सामानको परिमाण भने शुन्य छ ।

यस्तै उल्लेख्य वस्तुको आयात हुने तर, निर्यात शुन्य रहेका अन्य नाकाहरुमा सुनसरी, सर्लाही, महेशपुर, जनकपुर, भद्रपुर, थाडी, राजविराज र चोभार भन्सार कार्यालयहरु रहेका छन् । यी भन्सारबाट नेपालमा १३ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बढीको वस्तु आयात भएपनि निर्यात भने शुन्य नै छ । यता अघिल्ल्लो महिनाबाट संचालनमा आएको काठमाडौंको चोभार सुक्खा बन्दरगाहबाट ३ करोड २६ लाख ६ हजार रुपैयाँको मालवस्तु आयात भएको छ । तर, यो बन्दरगाहबाट पनि निर्यात भने शुन्य नै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL