Logo

सशस्त्रका पूर्व महानिरीक्षक वस्नेत सहित ७ विरुद्ध मुद्दा दायर, सवाँ २२ करोड विगो दावी

सशस्त्रका पूर्व महानिरीक्षक वस्नेत सहित ७ विरुद्ध मुद्दा दायर, सवाँ २२ करोड विगो दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेत सहित ७ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध पदको दुरुपयोग गरी मालसामान ढुवानीमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले महानिरीक्षक बस्नेतलगायत प्रहरी निरीक्षक तथा सहायक प्रहरी निरीक्षक विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध २२ करोड २५ लाख २३ हजार विगोदावी सहित मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

बस्नेतले २०६६ वैशाख देखि २०६८ श्रावण महिना सम्म सशस्त्र प्रहरी महानिरीक्षकको हैसियतमा कार्यरत रहँदा मातहत युनिटहरुमा सामान ढुवानी गर्दा सार्वजनिक खरीद ऐन, नियम विपरीत विभिन्न कर्मचारीहरुको नाममा ढुवानी प्रयोजनको पेश्की लिएको देखाई आफैले रकम लिएको तथा संचालन मै नभएका ट्रान्सपोर्टहरुको झुठ्ठा बिलहरु पेश गर्न लगाएको अख्तियारले जनाएको छ ।

साथै यति एयरलाईन्सबाट कार्गो गरी मातहत युनिटहरुमा जिन्सी सामानहरु ढुवानी गराएको भनि एयरलाईन्सहरुको समेत झुठ्ठा कार्गो बिल तयार गर्न लगाउने जस्ता गैर कानुनी काम गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । साथै, उनले गलत कागजात तयार गरी ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ राष्ट्र बैंकको खाताबाट झिकेको समेत अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL