Logo

राजस्व चुहावटको आरोपमा २ जनाविरुद्ध मुद्धा दायर, १५ करोड ९७ लाख विगो दाबी

राजस्व चुहावटको आरोपमा २ जनाविरुद्ध मुद्धा दायर, १५ करोड ९७ लाख विगो दाबी



काठमाडौं । राजस्व अनुसन्धान विभागले चितवनका २ व्यापारीविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । विभागले चितवनको भरतपुरमा रहेको निरज ट्रेडर्स एण्ड सप्लायर्सका मालिक श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध विगोसहित मुद्धा दायर गरेको हो ।

२ जनाले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुठा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरणहरु तयार गरी तिर्नुपर्ने कर नतिरेको आरोप छ । विभागले निरज ट्रेडर्सले राजस्व चुहावट गरेको आरोप लगाएको हो ।

उक्त कम्पनीविरुद्ध विभागले मुअकर तर्फ २ करोड ४१ लाख ३५ हजार ९ सय ४१ रुपैयाँ, र आयकर तर्फ ५ करोड ५७ लाख १६ हजार ६ सय १२ रुपैयाँ गरी कुल ७ करोड ९८ लाख ५२ हजार ५ सय ५३ रुपैयाँ विगो दावी गरेको छ ।

यस्तै यसको शतप्रतिशत जरिवाना सहित कम्पनीविरुद्ध १५ करोड ९७ लाख ५ हजार १ सय ६ रुपैयाँ विगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्