काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतबाट चोर बाटोमार्फत चिनी ल्याई बेच्ने ३ जना विरुद्ध मुद्धा दायर गरेको छ । विभागले बौद्धस्थित राज ट्रेडर्सका मालिक राज किशोर कुशवाह, पुष्कर कुमार सिंह र भविचन महतो कोईरीविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।
उनिहरुले भारतबाट चोरबाटोको प्रयोग गर्दै अवैध रुपमा चिनि आयात गरेका थिए । यस्तै मालवस्तु तथा ढुवानीका साधन अनुगमन प्रणाली (भिसीटीएस) मा एकपटक प्रविष्ट भएको सक्कल कागजातमा रहेका विवरणहरु २८ पटकसम्म सच्याएर मालवस्तु ढुवानी गरेको आरोप छ ।
उनिहरुविरुद्ध विभागले १ करोड ८६ लाख २९ हजार ३१ रुपैयाँ विगो र त्यति नै रकम जरिवाना गरी कुल ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँ विगो दाबी गरेको हो ।