Logo

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, खाना पकाउने ग्यास १८ सय रुपैयाँ

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, खाना पकाउने ग्यास १८ सय रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ ।

त्यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढाएको छ । अब ग्यासको मुल्य प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL