Logo

अहिलेसम्म ७०३ पालिकाको अन्तिम परिणाम, कुन दलले कति जिते ?

अहिलेसम्म ७०३ पालिकाको अन्तिम परिणाम, कुन दलले कति जिते ?



काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७०३ स्थानीय तहको अन्तिम नजिता आएको छ ।

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका ७०३ स्थानीय तहमध्ये ३११ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म १९० पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले ११९ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगले जानकारी दिएको छ ।

हालसम्म जनता समाजवादी पार्टी नेपालले २७, लोसपाले ११, नेकपा (एकीकृत समाजवादी) ले १७, राप्रपाले ४, नागरिक मुक्ति पार्टीले ४, र अन्यले २० पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।

हाल भएको मतगणना अनुसार नेपाली काँग्रेस १५ पालिका प्रमुख/अध्यक्ष मा अगाडी छ भने एमाले १६ पालिकामा अगाडी रहेको छ । त्यस्तै माओवादी केन्द्र २ पालिकामा अगाडी छ भने एकीकृत समाजवादी २ र जसपा ५, स्वतन्त्रसहित अन्य ८ पालिकामा अगाडी रहेका छन् ।

यस्तै हालसम्म अन्तिम नजिजा आएका ७०३ पालिकाको उपप्रमुख/उपाध्यक्ष मध्ये कांग्रेसले २८४ जितेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै एमालेले २१८ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १२४ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यसैगरी जसपाले २९, एकीकृत समाजवादीले २१, लोसपाले ९ र अन्यले १८ उपप्रमुख/उपाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL