Logo

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसि, ९ सदस्यीय कार्यसमिति चयन

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसि, ९ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजुबहादुर जिसि चयन भएका छन् । युनियनको चौथो अधिवेशनले आगामी ४ को लागि नयाँ कार्यसमित चयन गरेको हो ।

युनियमनको यही फागुन ११ गतेदेखि १४ गतेसम्म अधिवेशन चलेको थियो । उक्त अधिवेशनले सर्वसम्मतीमा कार्यसमिति चयन गरेको हो । जिसिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा नहकुल भट्टराई उपाध्यक्ष रहेका छन् भने नवराज पण्डित सचिवमा चयन भएको छन् । युनियनको कोषाध्यक्षमा मञ्जु उपाध्याय चयन भएकी छिन् ।

बोर्ड कर्मचारी युनियमको सदस्यहरुमा क्रमश :  निरञ्ज्य घिमिरे, नारायणप्रसाद शर्मा, सुरज प्रधानाङ्ग, शशी अर्याल भट्टराई र राजन खतिवडा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL