Logo

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, ९० हजार मत गन्दा स्थापितभन्दा झण्डै दोब्बरले अगाडि

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, ९० हजार मत गन्दा स्थापितभन्दा झण्डै दोब्बरले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेन शाहले ३३ हजार २६० मत ल्याएर अग्रता बनाइरहेका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५६८ मतले अगाडी रहेका छन् । केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत प्राप्त गरेकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६ २८, २९, ३० र ३२ को मतगणना सकिएको छ र ६ वडामा नेकपा एमालेले जितेको छ भने २८, २९ र ३० वडा काँग्रेसले जितेको छ । काठमाडौँ महानगरमा अहिलेसम्म ९० हजार २९२ मत गणना भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ । अहिले वडा नम्बर ७, ८, ९, १०, २४, २५, २६, २७,, ३१ को मतगणना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL