Logo

भरतपुरको मेयरमा रेनुले लिइन आचार्यमाथि ५ हजार बढी मतको अग्रता, स्वतन्त्र उम्मेदवार पौडेल पनि पछिपछि

भरतपुरको मेयरमा रेनुले लिइन आचार्यमाथि ५ हजार बढी मतको अग्रता, स्वतन्त्र उम्मेदवार पौडेल पनि पछिपछि



काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।

पछिल्लो अपडेट अनुसार रेनु दाहालले ५ हजार १८ मतको अग्रता बनाएकी हुन् । रेनुले २७ हजार ७८ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार ६० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४१४ मत पाएका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार १३२ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १७ हजार १६२ मत पाएकी छन् ।

अहिलेसम्म भरतपुरमा सम्पन्न भएका १२ वडाको मत गणना सकिएको छ, जसमा काँग्रेसले ७ वडामा जित हासिल गरेको छ भने एमालेले ३, एकीकृत समाजवादीले २ वडामा जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL