Logo

सेञ्चुरी बैंकको अध्यक्षमा श्रेष्ठ, एक वर्षदेखि बैंकको संचालकको रुपमा कार्यरत

सेञ्चुरी बैंकको अध्यक्षमा श्रेष्ठ, एक वर्षदेखि बैंकको संचालकको रुपमा कार्यरत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेशकुमार श्रेष्ठ चयन भएका छन् । बैंकको हालै बसेको सञ्चालक समितिको १ सय८७ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो ।

लामो समयदेखि आर्थिक प्रशासन क्षेत्रमा कार्यरत श्रेष्ठ विगत एक वर्षदेखि बैंकको संचालकको रुपमा कार्यरत थिए । उनले विगतमा पाटन फाईनान्स, कन्ट्री डेभलपमेन्ट बैंकको संचालकको रुपमा कार्य गरी सकेका छन् । त्यस्तै हाल शैक्षिक क्षेत्रको विभिन्न कलेज, स्कुल तथा हाईड्रोपावर कम्पनीहरुमा समेत संलग्न रहेका छन् ।

सेञ्चुरी बैंकले आर्थिक बर्ष २०७२/७३ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप रु.२४ अर्व र कर्जा रकम रु. २० अर्व ८४ अर्व परिचालन गरी रु. २३ करोड४२ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको खुद मुनाफा १६ करोड खुद पुगेको छ

बैंकको हाल ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ११ वटा शाखारहित बैंकिङ र दुईटा एक्सटेन्सन काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL