Logo

भरतपुरमा रेनु दाहाल तीन हजार बढी मतले अगाडि, स्वतन्त्र उम्मेदवार पौडेलले कटाए ६ हजार मत

भरतपुरमा रेनु दाहाल तीन हजार बढी मतले अगाडि, स्वतन्त्र उम्मेदवार पौडेलले कटाए ६ हजार मत



काठमाडौं । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएी छन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै गएकी हुन् ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL