Logo

पाँच सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९६ हजार ३ सयमा कारोबार हुँदैं

पाँच सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९६ हजार ३ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा आज बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ५ सय रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार एक ८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL