काठमडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् ।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १० हजार ५ सय ८६ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले २१ हजार ६ सय २२ मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार ३६ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार २ सय ६७ मत प्राप्त गरेकी छन् ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९ सय ५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३ सय १६ मत प्राप्त गरेका छन् ।