Logo

भरतपुर महानगरपालिकामा रेणु दाहालले लिईन अग्रता, एमालेका विजय सुवेदी १० मतले पछि परे

भरतपुर महानगरपालिकामा रेणु दाहालले लिईन अग्रता, एमालेका विजय सुवेदी १० मतले पछि परे



काठमाडौं । चितवनको भरतपुर महानगरापालिकाको मेयर पदमा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ४० देखि ५० मतले अगाडि थिए । तर, पछिलो समय भने रेणु दाहालले अग्रता लिएकी छन् ।

७ बजेसम्मको मतगणना अनुसार गठबन्धनकी उम्मेदवार रेणु दाहालले ५ हजार ६६ मत प्राप्त गर्दा, उनका प्रतिश्पर्धि एमालेका विजय सुवेदीले ५ हजार ५६ मत प्राप्त गरेका छन् । उनीहरु दुई बीच १० मतको फरक छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म २ हजार ३ सय ७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL