Logo

बालेन शाहको हार जितमा खसी बाजी राख्ने २ जना पक्राउ

बालेन शाहको हार जितमा खसी बाजी राख्ने २ जना पक्राउ



काठमाडौं । स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको हार जितमा खसी बाजी राख्ने दुई जना पक्राउ परेका छन्। खोटाङमा दुई जनालाई सोमबार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का २८ वर्षीय विजय फुँयाल र ३१ वर्षीय रमेश खड्का छन्। उनीहरूले २८ किलोको खसी वा सो बराबरको रकम लिनेदिने सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL