Logo

नेपाल भारतबीच एकैदिन ६ नयाँ सम्झौतामा हस्ताक्षर, यस्ता छन् सम्झौता

नेपाल भारतबीच एकैदिन ६ नयाँ सम्झौतामा हस्ताक्षर, यस्ता छन् सम्झौता



काठमाडौं । नेपाल र भारतबीच विभिन्न ६ ओटा सम्झौता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको अवसरमा प्रधानमन्त्री शेरबहारदुर देउवा र नरेन्द्र मोदीबीच ६ ओटा सम्झौता भएका हुन् ।

आज भएका सम्झौताहरुमा अरुण चौथो जलविद्युत आयोजना निर्माण गर्नका लागि भारतीय कम्पनी सतलजसँग सम्झौता, आईसीसी आर निर्माण गर्नेलगायतका सम्झौता भएका छन् ।

यस्ता छन् सम्झौताहरू

  • बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता
  • भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।
  • भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता
  • काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता
  • नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने
  • अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता

प्रतिक्रिया दिनुहोस्
MBL