Logo

भरतपुर महानगरमा गठबन्धनकी रेनु पछि परिन, पोखरामा भने गठबन्धनका आचार्यले बढाए अग्रता

भरतपुर महानगरमा गठबन्धनकी रेनु पछि परिन, पोखरामा भने गठबन्धनका आचार्यले बढाए अग्रता



काठमाडौं। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुबेदीबीच प्रतिष्पर्धा देखिएको छ ।

पछिल्लो अपडेट अनुसार ९३७० मतगणना हुदा एमालेका विजय सुबेदी १४ मतले अगाडी रहेका छन् । सुबेदीले ३६६७ मत पाएका छन् भने रेनु दाहालले ३६५३ मत पाएकी छन् ।

त्यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४१३ मत पाएका छन् । त्यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ४१५० पाएर अगाडी रहेका छन् भने एमाले गठबन्धनकी राप्रपाकी हिमला गुरुङले २८८६ मत प्राप्त गरेकी छन् ।

भरतपुरमा अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने दुवै वडामा काँग्रेस विजयी भएको छ । हाल वडा नम्बर ३ को गणना भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस वडाको वडाअध्यक्षमा भने एमालेका उम्मेदवार अगाडी रहेका छन् ।

पोखरा महानगरमा अग्रता बढाउदै गठबन्धन

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी_ का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गरेका छन् । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि छन् भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उनलाई पछ्याएकी छन् ।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भए भने उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याएकी छन् ।

वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भए भने उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL