Logo

मर्जर सम्मेलन हुँदै, मर्जरका अवसर र चुनौतीका बारेमा छलफल गरिने

मर्जर सम्मेलन हुँदै, मर्जरका अवसर र चुनौतीका बारेमा छलफल गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ् इन्ष्टिच्युटले १ दिने मर्जर सम्मेलन  आयोजना गर्ने भएको छ । एनवीआईले आगामी फागुन गते काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने भएको हो ।

‘स्थानीय सन्दर्भमा मर्जरका चुनौति र अवसरहरु’ भन्ने शिर्षकमा आयोजना गर्न लागिएको सम्मेलनमा नियमन निकायका अधिकारी,मर्जर प्रकिया सम्पन्न गरिसकेका बैंकिङ् क्षेत्रका बरिष्ठ अधिकारी र ड्यू डेलिजेन्स अडिटमा प्रमुख भूमिका निर्वाह गरेका सम्पत्ति मूल्यांकनकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै प्यानल डिस्कसन शेसनमा आफ्ना अनुभव तथा धारणा प्रस्तुत गर्नेगरी कार्यक्रमको रुपरेखा तयार पारिएको छ ।

होटल सोल्टीमा सम्पन्न हुने उक्त सम्मेलनमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवाली, बरिष्ठ चार्टड एकाउन्टेन्ट सुदर्शन राज पाण्डे, एनएमबी बैंकका नायवप्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्यपत्रका अतिरिक्त ४ वटा प्याल डिस्कसन सेसन हुने गरी कार्यक्रमको ढांचातयार गरिएको छ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौंडेल, सनराइज बैंककाप्रमुखकार्यकारी अधिकृत रत्न राजबज्राचार्य, सिटिजन्स बैंक इन्टरनेश्नलका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष राजनसिंह भण्डारी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष शसिन जोशीले प्यानल डिस्कसन शेसनको मोडरेटरको रुपमा प्यानल लाई संचालन गर्ने र प्यानलको निचोड प्रस्तुति गर्नेछन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्था घटाई बैंकिङ क्षेत्रलाई सबल बनाउने तथाबित्तीय स्थायीत्व दिने उद्देश्यले २०६८ मा बिनीयमावली ल्याएपछि ८४ बैंक तथा बित्तीय संस्था एक आपसमा गाभिएर ३३ भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL