Logo

सुन तोलामा ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा ८ सयले बढेको छ ।

आज सुको मूल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ । यस अघि बुधबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL