काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशन गरेको छ । मन्त्रिपरिषद बैठकले परिक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
जेठ १ देखि बिहान ९ः ३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ। तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख छ।
यस्तै राजपत्रमा प्रकाशित सूचना अनुसार दशैं र तिहारबाहेक २ दिनभन्दा बढी बिदा दिनुपर्ने बेलामा भने बैंक, वित्तीय संस्था, हुलाक, भन्सार, टक्सारलगायतका कार्यालयले कर्मचारीलाई सट्टा बिदा दिएर कार्य सन्चालन गर्न सकिने व्यवस्था गरेको छ ।