Logo

कास्ठमन्डपको विमान दुर्घटना, पाइलट र को–पाइलटको मृत्यु, अन्य घाइते

कास्ठमन्डपको विमान दुर्घटना, पाइलट र को–पाइलटको मृत्यु, अन्य घाइते


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालगञ्जबाट जुम्मा उडान भरेको कास्ठमन्डपको जहाज दुर्घटना हुँदा पाइलट र कोपाइलटको मृत्यु भएको छ । उक्त जहाजका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको हो । आपतकालिन अवतरणको क्रममा जहाजको अगाडीको भाग ठोकिएर पाइलट र को–पाइलटको मृत्यु भएको उद्दारमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बताए ।

जहाजमा सवार अन्य यात्रुभने घाइते भएको श्रेष्ठले जानकारी दिए । ‘उद्दारमा खटिएका सुरक्षाकर्मीले अन्य यात्रुहरु घाइते भएको जानकारी दिएका छन्,’ उनले भने, ‘तर, कस्को अवस्था कस्तो छ भन्ने विषयमा यथार्य जानकारी आएको छैन ।’

आपतकालिन अवतरणको क्रममा जहाजको अगाडीको भाग खेतमा ठोकिन पुग्दा पाइलट तथा को–पाइलटको मृत्यु भएको उद्दार खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् । विमानको अगाडीको भाग ठोएिदा आगलागी हुनबाट भने जोगिएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार उद्दारका लागि श्री एयरलाईन्स र नेपाल आर्मीको हेलिकप्टर परिचालन गरिएको छ । हाल मुगुमा रहेको श्री एयरलाईन्सको हेलिकप्टर उद्दारका लागि दुर्घटनास्थल तर्फ पठाउन लागिएको र आर्मीको हेलिकप्टर पनि पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL