Logo

संसदको बजेट अधिवेशन जेठ ३ गतेदेखि, बजेटका ‘सिद्दान्त र प्राथमिकता’मा छलफल हुँदै

संसदको बजेट अधिवेशन जेठ ३ गतेदेखि, बजेटका ‘सिद्दान्त र प्राथमिकता’मा छलफल हुँदै



काठमाडौं । संघीय संसदको बजेट अधिवेशन जेठ ३ देखि शुरू हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार ३ गतेका लागि अधिवेशन डाकेकी हुन् ।

संसदको बजेट अधिवेशन डाकिएसँगै अब संसदमा प्रि बजेट छलफल शुरु हुने भएको छ । जेठ ३ गते नै बजेटका सिद्दान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिने अर्थमन्त्रालयले जनाएको छ । ‘बजेटका प्राथमिकता र सिद्दान्त तयार भइसकेको छ’ अर्थमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘बजेट अधिवेशन शुरु भएकै दिन संसदमा प्रस्तुत गर्ने छौं ।’

जेठ १५ गते संघीय संसदमा वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ले संसदमा बजेट पेश गर्नुभन्दा १५ दिन अघि नै ‘संसदमा बजेटका सिद्दान्त र प्राथमिकतामाथि’ छलफल सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । तर, नियम तथा कानुनले तोकेको म्याद गुज्रिसकेपछि सरकारले संसदमा ‘प्रि बजेट’ छलफल चलाउने तयारी गरेको हो ।

स्थानीय तहको चुनावका कारण तोकिएको समयमा संसदमा ‘प्रि बजेट’ छलफल चलाउन नसकिएको अर्थमन्त्रीको सचिवालयले बतायो । ‘अब नियम निलम्वन गरेर प्रि बजेट छलफल अघि बढाउने छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL