काठमाडौं । काठमाडौं उपत्यकामा ३ दिन मदिरा विक्री वितरण गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आईतबार सूचना जारी गर्दै आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मदिरा विक्री वितरण नगर्न निर्देशन दिएको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाईने भएको हो ।
प्रशासनले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ । यस्तै प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नचलाउन निर्देशन दिएको छ ।
