काठमाडौं । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्टमण्डपको जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट १२ बजेर ३० मिनेट जाँदा उडेको सो जहाज कालिकोटको चिल्खाया गाविसमा दुर्घटना भएको हो । सो गाविसको २ नम्बर वडामा दुर्घटना भएको समेत जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
जहाज आपत्कालिन अवतरणको क्रममा दुर्घटना भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए । जुम्ला टावरले जानकारी दिए अनुसार जहाजमा चालक दलसहित ८ जान सवार रहेको न्यौपानेको भनाइ छ ।
आपत्कालिन अवतरणको क्रममा १ जना यात्रुको मृत्यु भएको र अन्य सकुशल रहेको न्यौपानेले जानकारी दिए । हाल उद्दारको लागि टोलि खटिएको र विस्तृत जानकारी आउन वाँकी रहेको उनको भनाइ छ ।
पछिल्लो जानकारी अनुसार विमानमा चालक दलसहित ११ जना यात्रु सवार रहेका थिए । जसमध्ये १ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । अन्य भने सकुसल रहेको जानकारी प्राप्त भएको छ ।