Logo

मूल्य अत्याधिक बढेपछि तेल आयातमा भन्सार शुल्क कटौति गर्दै भारत, ५ देखि ३५ प्रतिशत शुल्क कटौति गर्ने अनुमान

मूल्य अत्याधिक बढेपछि तेल आयातमा भन्सार शुल्क कटौति गर्दै भारत, ५ देखि ३५ प्रतिशत शुल्क कटौति गर्ने अनुमान



काठमाडौं । भारत सरकारले केहि खानेतेलको आयातमा भन्सार शुल्क कटौति गर्ने योजना बनाएको छ । पछिल्लो समय उच्च रुपमा बढिरहेको खानेतेलको मूल्य वृद्धि नियन्त्रण गर्नका लागि भारत सरकारले यसको कर कटौति गर्ने योजना बनाएको हो ।
रुस युक्रेन युद्धका कारण इन्डोनेसियाले पाम आयलको निर्यात बन्द गरेको छ ।

जसका कारण भारतलगायत विश्वभरी नै खानेतेलको मूल्य अत्याधिक बढेको छ । भारत खानेतेल निर्यात गर्ने देशहरुमध्ये सबैभन्दा ठुलो देश हो । भारतले पाम तेलको आयात गर्नका लागि तोकिएको कृषि पूर्वाधार तथा विकास उपकर ५ प्रतिशतले कटौति गर्ने योजना बनाएको जानकारहरु बताउँछन् ।

भारतले केहि निश्चित वस्तुको आयात गर्ने क्रममा उपकर लगाउने गर्छ । जसलाई कृषि पूर्वाधार परियोजनामा लगानी गरिन्छ । भारतले कच्चा पाम तेलमा लगाएको आधारभुत आयात कर भने पहिल्यै खारेज गरिसकेको छ ।

यो बिषयमा भारतीय अर्थमन्त्रालयका प्रवक्ता र कृषि तथा खाद्य मन्त्रालय मौन छ । खानेतेलको आपुर्ति कम भएका कारण यसको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । यसको सबैभन्दा बढी चिन्ता भारतलाई छ । किनकी भारतमा खपत हुने कुल खानेतेलको ६० प्रतिशत हिस्सा आयातित तेलले धानेको छ ।

दुई देशको युद्धका कारण युक्रेनले सुर्यमुखी तेलको निर्यात बन्द गर्याे र आफ्नो आन्तरिक बजारमा तेलको मूल्य बढ्न सक्ने भन्दै इन्डोनेसीयाले पनि पाम तेल निर्यात रोकेको छ । यसैबाट मुक्ति पाउन भारतले खानेतेलको आयातमा लाग्ने भन्सारमा कटौति गर्ने योजना बनाएको जानकारहरु बताउँछन् । भारले यस्ता तेलको आयातमा ५ देखि ३५ प्रतिशतसम्मले भन्सार शुल्क कटौति गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL