काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १४ सय रुपैयाँले बढ्दै ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।छापावाल सुन बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढ्दै १३ सय ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।
आज तेजाबी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोवार भईरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रति औंस १ हजार ९ सयको आसपासमा कारोवार भइरहेको छ ।