Logo

पैसा नभएको चेक दिने फरार अभियुक्त पक्राउ, तोकियो २४ लाख ५९ हजार जरिवाना

पैसा नभएको चेक दिने फरार अभियुक्त पक्राउ, तोकियो २४ लाख ५९ हजार जरिवाना



काठमडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २४ लाख ५९ हजार ८ सय २२ रुपैयाँ जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले ६ दिनको कैद सजाय र २४ लाख ५९ हजार ८ सय २२ रुपैयाँ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकु बहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए । पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL