Logo

निर्धन उत्थान र लघु उद्यमी महासंघबीच सम्झौता, उद्यमीलाई बिना धितो ऋण

निर्धन उत्थान र लघु उद्यमी महासंघबीच सम्झौता, उद्यमीलाई बिना धितो ऋण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लघु उद्यमीहरुलाई कर्जा प्रवाह गर्ने सम्बन्धमा निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच सम्झौता भएको छ । बुधवार एक कार्यक्रमबीच आज एक समझदारी पत्रमा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र महासंघका तर्फबाट अध्यक्ष लाक्पा लामाले हस्ताक्षर गरे ।

समझदारी अनुसार निर्धनले लघु उद्यम बिकास कार्यक्रम (मेडेप) र नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) ले प्रवद्र्धन गरेका लघु उद्यमीहरुलाई रु ३ लाख सम्म बिना धितो ऋण प्रवाह गर्नेछ ।

त्यस्तै ३ लाख भन्दा बढी ऋण चाहिने उद्यमीहरुलाई नेपाल राष्ट्र बैँकको नीतिअनुसार ऋण प्रवाह गरिने पनि समझदारीपत्रमा उल्लेख छ । यो समझदारीपत्रबाट बिभिन्न ५२ जिल्लाका ४० हजारभन्दा बढी लघु उद्यमीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा राष्ट्रिय लघु उद्यमी महासंघका अध्यक्ष लाक्पा लामाले दुर्गम र गाउँमा व्यापार व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको मुख्य समस्या ऋणमा पहुँच भएकोले यो समझदारीले उक्त समस्या समाधानमा सहयोगी हुने बिश्वास व्यक्त गरे ।

त्यसैगरि बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले दुर्गम र गरिबहरुसमक्ष वित्तीय पहुँच पुर्याइ गरिबी निवारणमा सघाउ पुर्याउनु निर्धन बैंकको मुख्य लक्ष्य रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL