Logo

एनसेल र फ्लोमाइन्डरलाई ‘मोबाइल अवार्ड’, ‘विपदमा निर्वाह गरेको भुमिकाको सम्मान’

एनसेल र फ्लोमाइन्डरलाई ‘मोबाइल अवार्ड’, ‘विपदमा निर्वाह गरेको भुमिकाको सम्मान’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेल र फ्लोमाइन्डर फाउन्डेसन मोबाइल अवार्डबाट सम्मानित भएको छ ।  जीएसएमएको‘आकस्मिक वा मानविय संकटको बेलामा मोबाइल’विधामा ग्लोबल मोबाइल अवार्ड प्राप्त गरेको हो । गत वैशाख १२ को भुकम्प पश्चात राहत कार्यलार्ई प्रभावकारी बनाउन सघाउने उद्देश्यले गरेको संयुक्त प्रयासलाई सम्मान गरेको हो  ।

यस प्रयास अन्तर्गत, मोवाईल प्रयोगको बृहत (म्याक्रो) डेटाका आधारमा एनसेल र फ्लोमाइन्डरले प्रभावित जिल्लाहरुमा जनसमुदाय कसरी चलायमान भईरहेका र कहाँ विस्थापित भईरहेका छन् भन्ने रिपोर्ट संयुक्तराष्ट्रसंघ लगायत राहत कार्यमा संलग्न निकायलाईनिरन्तर उपलब्ध गराएका थिए ।

विश्वभरका जिएसएम प्रविधिमा मोवाईल सेवा प्रदान गरिरहेका कम्पनीहरुको छाता संगठन जिएसएमएले यस प्रयासलाई गत महिना ‘आकस्मिक वा मानवियसंकटको बेलामा मोबाइल’ विधा अन्र्तगत उत्कृष्ट पाँचमा छनेको थियो । अन्तिम पाँचमा पुगेका डाइरेक्ट रिलिफ र एस्रीको ‘आर्कजिआइएस मोबाइल एप’, एरिक्सन र संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमको ‘एरिक्सन रेसपोन्स’, मोबिलिङ्क र वासिला माइक्रोफाइनान्स बैंकको ‘मोबिक्यास’ र युफोनको ‘मोबाइल गभरनेन्स इमरजेन्सी अलर्ट सिस्टम’लाई पछि पार्दै एनसेल–फ्लोमाइन्डर सहकार्यले अवार्ड जितेको हो ।

स्पेनको बार्सिलोनामा भईरहेको मोबाइल वल्र्ड कंग्रेसको अवसरमा जिएसएमएले मंगलबार अवार्ड हस्तान्तरण गरेको हो । उक्त सम्मानलाई एनसेलका तर्फबाट राजेशलाल न्याछो र फ्लोमाइन्डरका लिनस बैंङगिट्सन र एरिक विटरले ग्रहण गरेका थिए ।

सो अवसरमा जिएसएमएका प्रमुख बजार अधिकृत माईकल ओहाराले अवार्डस् जित्ने तथा मनोनयनमा परेका सवैलाई बधाई दिएका थिए । साथै अवार्डमा परेका ९ सय३० भन्दा बढी आवेदन र अन्तिम नोमिनेसनमा परेका १सय ७० वटा प्रयासहरु मध्येबाट छनौट भई सम्मानित हुनु  ठूलो उपलब्धि भएको बताए ।

जिएसएमएको ग्लोबल मोबाइल अवार्डमा विश्वभरीका मोबाइल सेवा प्रदायक र यो क्षेत्रसंग सम्बन्धित अन्य कम्पनीहरुले आफ्नो वस्तु, सेवा र प्रोजेक्टहरु प्रस्तुत गर्छन् ।

यो प्रयास अन्र्तगत, एनसेलले स्विडिस अनुसन्धानकर्ता संस्था फ्लोमाइन्डरलाई ग्राहकको पहिचान नखुल्ने गरी आफ्नो नेटवर्कको विवरण उपलब्ध गराएको थियो । यसको आधारमा उक्त संस्थाले भुईचालो पहिले र पछि जनसमुदाय कहाँ र कुन प्रारुपमा विस्थापित भईरहेका छन् भन्ने विवरण निरन्तर तयार गरेको थियो ।

संयुक्त राष्ट्र संघको नियमित अपडेटमा संलग्न यो विवरण मानविय संघ, संस्था तथा अन्यनिकायमा पुगी उनीहरुलाई प्रभावकारी राहतवितरणका लागि सघाएको थियो ।

भुकम्प लगत्तै सुचारु भएको यो प्रयासले मानविय संघ संस्थालगायतका निकायलाई आफ्नो सहयोग सहि ठाउँमा पुर्याउन प्रभावकारी मद्दत गरेको जस्ता प्रोत्साहन मुलक प्रतिक्रिया पाएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाईलानलारले बताए । ‘ग्लोबल मोबाईल अवार्डको सम्मान पनि प्राप्त हुनु वास्तवमै ठूलो उपलब्धि हो,’ उनले भने ‘विपदका बेला मोबाइल सेवा प्रदायकले कसरी महत्वपुर्ण भुमिका खेल्न सक्छ न्ने कुरा हामीले उदाहरण सहित देखाउन सफलभएका छौ ।’

विपदमा समुदायको विस्थापन अध्ययन गर्न यस अघि पनि मोबाइल डाटाको प्रयोग भए पनि एनसेल–फ्लोमाइन्डरको प्रयासमा विश्वमै पहिलो पटक प्रत्यक्ष हालतमा सूचना जेनरेट गर्ने विधि अपनाईएको थियो,जसले गर्दा राहतकार्यमा प्रत्यक्ष सहयोग पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
MBL