Logo

आइजीपीमा सिंहको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, दुई एआईजीको छुट्टाछुट्टै रिट

आइजीपीमा सिंहको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, दुई एआईजीको छुट्टाछुट्टै रिट



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेको छ ।

वरिष्ठता मिचेर जुनियरलाई सरकारले बनाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा रिटसहित सर्वोच्च अदालत पुगेका हुन ।

उनीहरूले छुट्टाछुट्टै रिट निवेदन दिएका छन् । पोखरेलको रिट दर्ता भैसकेको र थापाको रिट दर्ता हुनेक्रममा रहेको छ । महानिरीक्षकमा नियुक्त धिरजप्रताप सिंहले भने बिहानै दर्ज्यानी चिन्ह लिएर पदभार ग्रहण गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्