Logo

तोलामा ८ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तोलामा ८ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८ सयले घटेको छ ।

सोमबार सुनको मूल्य तोलाको ९८ हजार दुई रुपैयाँ कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलाको १२ सयले घटेको थियो ।

सोमबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै सोमबार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । आइतबार १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL