Logo

आयल निगमको घाटा १५ दिनमा सवा ५ अर्ब पुग्यो, पेट्रोलियम पदार्थको मूल्य फेरि बढन सक्ने

आयल निगमको घाटा १५ दिनमा सवा ५ अर्ब पुग्यो, पेट्रोलियम पदार्थको मूल्य फेरि बढन सक्ने



काठमाडौं । नेपाल आयल निगमको पाक्ष्कि घाटा सवा ५ अर्ब पुग्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै निगमको घाटा बढने भएको हो । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ ।

यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम ५ अर्ब १९ करोड हुनेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL