काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओवामाले नेपाललाई विशेष व्यापार ग्राहृयता प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका छन् । यो कानुनले निश्चित गलैैचा तथा गार्मेन्टसहित ६६ प्रकारका नेपाली सामाग्रीमा भन्सार छुट पाउनेछन् ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार कार्यक्रमलाई १० वर्षका लागि निम्ति स्वीकृति प्रदान गरिएको छ ।
गत वैशाखको विनाशकारी भूकम्पपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने भन्दै यो कानुन प्रस्ताव गरिएको थियो ।नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले नेपाली व्यापार व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउने यो ठूलो अवसर भएको समेत बताएकी छिन् ।