Logo

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी नियुक्त गर्ने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी नियुक्त गर्ने तयारी



काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL