Logo

दैनिक २ घण्टा घट्यो लोडसेडिङ, आइतवारदेखि हप्ताको ७० घण्टामात्र

दैनिक २ घण्टा घट्यो लोडसेडिङ, आइतवारदेखि हप्ताको ७० घण्टामात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  आइतवारदेखि लोडसेडिङ घट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतवारदेखि दैनिक डेढ घण्टा लोडसेडिङ घटाउन लागेको हो ।

लोडसेडिङ घटाउनका लागि गृहकार्य भइरहेको प्रधिकरण स्रोतले जानकारी दिएको छ । ‘ दैनिक २ घण्टा त अहिलै घटाइसक्यौ,’ उनले भने ‘ आइतवारदेखि घोषित रुपमा दैनिक डेढ घण्टा घटाउने तयारी भइरहेको छ ।’

भारतबाट विजुली आयत गरेसँगै प्राधिकरणले अघोषित रुपमा राती २ घण्टा गर्दै आएको  लोडसेडिङ घटाएको हो । आइतवारदेखि नै नयाँ लोडसेडिङ तालीका समेत उपलब्ध गराउने उनले जानकारी दिए । हाल हप्ताको ९३ घण्टा लोडसेडिङ  हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL