काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । छापावाल सुन बिहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ । आज तेजाबी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको छ ।