Logo

यो बर्षको आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण

यो बर्षको आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण



-ठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । केन्द्रिय तथ्यांक विभागको चालू आवको पहिलो ९ महिनाको तथ्यांकको विश्लेषण (आधारभुत मूल्य) को आधारमा उक्त आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।

तथ्यांक विभागका निर्देशक ईश्वरी प्रसाद भण्डारीले अबको बाँकी ३ महिनामा अर्थतन्त्रमा नर्मल परिवर्तन हुने जानकारी दिए । अबका दिनमा त्यस्तो केही भवितभ्य नभएमा आर्थिक वृद्धिदर सोही अंकमा रहने उनले जानकारी दिए ।

साथै कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL