काठमाडौं । काठमाडौंको तिनकुनेबाट १ सय सिलिण्डर ग्याससहित अमर कटुवाल पक्राउ परेका छन् । प्रहरीले तीनकुने नजिकै जागृतिनगरबाट कालोबजारी गरेको आरोपमा अमर कटुवाललाई पक्राउ गरेको हो ।
प्रहरीको अपराध महाशाखाका अनुसार जागृति नगरको बाबा ग्यास पसलमा बुधबार छापा मार्दा कालाबजारको लागि ठीक पारेर राखेको १ सय ग्यास भेटिएको थियो ।
आधा सिलिण्डर ग्यासलाई १ हजार ६ सयमा बिक्री गरिरहेको सूचनाका आधारमा बाबा ग्याँस डिपोमा छापा मार्दा १०० सिलिण्डर ग्याँस भेटिएको प्रहरीले जानकारी दिएको छ ।