Logo

घट्यो सुनको मूल्य, ९९ हजार ३ सय रुपैयाँमा कारोबार हुँदैं

घट्यो सुनको मूल्य, ९९ हजार ३ सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर नै छ ।

सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL