Logo

सुनको भाउ अझै बढ्ने, यस्ता छन् ५ कारण

सुनको भाउ अझै बढ्ने, यस्ता छन् ५ कारण



काठमाडौं । सुन परम्परागत रूपमा लगानीकर्ताको रोजाइ बन्दै आएको छ। यो वर्ष सुनले लगानीकर्तालाई निराश बनाएको छैन ।

विगत केही महिनायता सुनले लगानीकर्तालाई १० प्रतिशत बढी नाफा दिएको छ भने सेयर बजारमा यस अवधिमा लगानीकर्ताले ठूलो घाटा बेहोरेका छन् । आन्तरिक माग बढेको र अहिलेको विश्वव्यापी आर्थिक अवस्थाका कारण सुनको भाउ अझै बढ्न सक्ने बजार जानकारहरु बताउँछन् ।

यी ५ कारणले सुनको भाउ अझै बढ्न सक्छ

१. रूस र युक्रेन विवादको लामो समयसम्म तानिएको कारणले विश्वव्यापी बजारमा प्रभाव

२. विश्वव्यापी आर्थिक वृद्धिको घट्दो प्रक्षेपण

३. युरोपमा फ्रान्सका राष्ट्रपति चुनावको सम्भावित प्रभाव

४. मागमा वृद्धि

५. चीनमा तीव्र गतिमा फैलिएको कोरोनाका कारण विश्व बजारमा फेरि आतंक

सुनको भाउमा अल्पकालीन र दीर्घकालीन दुवैमा उछाल आउने संकेत देखिएको विज्ञहरुले बताएका छन् । पछिल्लो समय डलरको मूल्य अनुमानभन्दा बढी भएको छ । यदि यसमा ठूलो गिरावट आयो भने सुनको मूल्यमा तीव्र वृद्धि हुनसक्छ । यसबाहेक सुनलाई नयाँ उचाइ दिने अन्य कारण पनि छन् । अमेरिकामा ब्याजदर बढिरहेको छ । जहाँ मुद्रास्फीति पाँच दशककै उच्च विन्दुमा छ ।

जसका कारण सुनको भाउ पनि बढेको छ । सुरक्षित लगानीका रूपमा लगानीकर्ताको पहिलो रोजाइ सुन रहेको विज्ञहरू बताउँछन् र अहिलेको विश्वव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलले अर्थतन्त्रमा अनिश्चितताको संकेत गरिरहेको छ । जसका कारण सुनमा लगानी बढ्दै गएकाले मूल्यमा असर परेको छ ।

विश्वव्यापी आर्थिक अनिश्चितताका बीच चीनमा बढ्दो कोरोना संकट र रुस–युक्रेन युद्धको कारण लगानीकर्ताहरू सुनतर्फ बढी झुकेका विज्ञहरू बताउँछन् ।

आईएमएफले विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपणलाई घटाएपछि लगानीकर्ताहरूको सुन सुरक्षित लगानीको रूपमा फेरि बढेको छ। यसबाहेक रुस–युक्रेन विवाद र भारतमा विवाहको सिजनमा माग बढेकाले पनि सुनको भाउ बढेको हो ।

अहिलेको अवस्था हेर्दा दशैं–तिहारसम्म सुनको भाउ उकालो लाग्ने र ठूलो गिरावट आउने सम्भावना नभएको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL