Logo

तारा एयरको विमान म्याग्दीको घोप्टे भीरमा जलेको अवस्थामा भेटियो

तारा एयरको विमान म्याग्दीको घोप्टे भीरमा जलेको अवस्थामा भेटियो


बिजखबर संवाददाता
0
Shares

तारा एयरको हराएको विमान भेटिएको छ । आज विहानबाट सम्पर्क विहीन भएको तारा एयरको विमान म्याग्दीको सोली घोप्टे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । उक्त स्थानमा आगो लागेर डढेको अवस्थामा उक्त विमान भेटिएको हो ।

स्थानीय वासीले दिएको जानकारीअनुसार विमान खोजीकामा संलग्न टोलीले उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका हुन् ।

विमान भर्खरै भेटिएको र अन्य विषयको वारेमा वास्तविक जानकारी नआएको  तारा एयरका प्रवक्ता भिमराज राइले जानकारी दिए । ‘विमानको वारेमा जानकारी लिइरहेका छौं,’ उनले भने, ‘त्यसमा सवार यात्रुहरु के कस्तो अवस्थामा छन् भन्ने विषयमा कुनै जानकारी आएको छैन ।’

बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको सो विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो । विमानमा चालक दलका ३ सदस्य सहित २३ यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL