Logo

मेलम्चीको पानी आजबाट पुनः काठमाडौंका उपभोक्ताका धारामा पठाउन शुरु, होला पानीको समस्या समाधान ?

मेलम्चीको पानी आजबाट पुनः काठमाडौंका उपभोक्ताका धारामा पठाउन शुरु, होला पानीको समस्या समाधान ?



काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट मेलम्ची खानेपानी आयोजनाको पानी पुनः वितरण सुरु भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित वितरण केन्द्रबाट पुनः पानी वितरणको शुभारम्भ गरेका हुन् । उनले काठमाडौं उपत्यकामा पानीको समस्या अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए ।

यससँगै पानी उपभोक्ताको धारामा पुगेको छ । गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो ।

मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए । त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो ।

अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो । सफाइ र मर्मतपछि आजबाट पानी वितरण थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL