Logo

११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने एनआरएनएको निर्णय

११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने एनआरएनएको निर्णय



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहिलो पदाधिकारी बैठक शनिवार अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बस्यो । बैठकमा अध्यक्षद्धय रविना थापा डा. बद्री केसी, सहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरुको उपस्थिती थियो । विधुतिय माध्यम बाट करिब ६ घण्टा चलेको बैठकमा ८० जना पधाधिकारीहरुले आआफ्नो भनाईहरु राखे ।

बैठकले युके, अमेरिका, जापान र युएई समन्य राष्ट्रिय समन्य समितिमा रहेको समस्या समाधान ३० अप्रीलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरुलाई आग्रह गरेको छ । बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि युवा उपा अध्यक्षहरुको समन्यमा सबै पक्षलाई सहभागी गराउनको गर्ने निर्णय भएको छ ।

बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाकि राष्ट्रिय समन्य समिति अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुजाउन बाकि पदाधिकारीहरुलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुजाउन आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नतिरेमा विधानअनुरुप टुंगो लगाउने बैठकले निर्णय गरेकोे छ ।

बैठकमा ‘अन्तराष्ट्रिय समन्यन परिषद २०२१ – २०२३’ संचालन सम्बन्धी कार्यविधि निर्देशिका बारेमा छलफल भएको छ । सो कार्यविधिमा छलफलमा आएका सुझाव सहित आगामी आइसीसी बैठकमा पेश गरि पारित गर्ने निर्णय भएको छ ।

बैठकले विधान अनुरुप गठन हुने क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरुसंग समन्वयन गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजत्वमा गठित समिति लाइ जिम्मेवारी प्रदान गरेको छ । बैठक ले स्मार्ट एन आर एन कमिटिको संयोजक को जिम्मेवारी महासचिव डा। केशव पौडेल लाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकले संघको आगामी ११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने निर्णय गरेको छ । बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहकार समिति, संरक्षक परिषद गठन लगायतको विषयमा अगामी आइसीसी बैठकमा एजेण्डाको रुपमा पेश गर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL