काठमाडौं । तारा एयरप्रालिले विमान र मौसम दुवै ठिक भएको दावी गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । बुधवार पोखराबाट जोमसोमका लागि उडेको जहाज हालै क्यानडाको भाईकिङ कम्पनीबाट अत्याधुनिक प्रविधि जडित नयाँ वायुयान रहेको कम्पनीले जानकारी दिएको छ ।
साथै उड्ने क्रममा दुवै स्थानको मौसम अनुकुल रहेको बताइएको छ । ‘कन्ट्रोल टावरले उड्ने अनुमती प्राप्त गरेपछि उडान गरेको हो’ विज्ञप्तिमा भनिएको छ ।
थप जानकारी प्राप्त हुनासाथ जानकारी दिने समेत बताइएको छ । हराएको विमान अझै सम्पर्कमा आएको छैन ।