काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनटर विमान बुधवार विहान वेपत्ता भएको छ । विहान ७ बजेर १७ मिनेट जाँदा जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्कविहीन भएको हो ।
यसैवीच म्याग्दीको दाना गाविसका स्थानीयले धुवाँ उडेको भन्दै प्रहरीलाई खवर गरेका छन् । खवर आएपछि प्रहरीको टोलि त्यसतर्फ लागेको बताइएको छ ।
तारा एयरको ट्वीनअटर विमानमा चालक दलका तीन सदस्यसहित २३ जना यात्रु सवार रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
२० यात्रु मध्ये विमानमा दुई विदेशी नागरिक र दुईजना बालक सवार थिए ।