Logo

सुनको मूल्य बढ्यो, प्रतितोला एक लाख दुई हजार ५ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला एक लाख दुई हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) तोलामा ५ सयले बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख दुई हजारमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL