Logo

एफएनसिसिआइ र एनसेलको विशेष सहकार्यमा दरबारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न

एफएनसिसिआइ र एनसेलको विशेष सहकार्यमा दरबारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न



काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको १५ औँ दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको आयोजकले बताएका छन् ।

कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो उर्जा दिएको छ । महोत्सवमा कलाकारहरूले प्रस्तुती दिन थालेपछि महौल निकै मनोरञ्जनात्मक भएको थियो ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुुभारम्भ गरेका थिए । सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ मुल नाराका साथ आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्यारउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्यमा यो महोत्सव आयोजना गरेको हो ।

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुती र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गरेका थिए । चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समुहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विषेश प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो ।

महोत्सवमा दीपक बज्राचार्य एण्ड रिदम व्याण्ड, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुह जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिदै आगन्तुकहरुलाई गीतसंगितले मनोरञ्जन दिएका थिए । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुती थियो ।

महोत्सवमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, व्यापार मेला समितिका सभापति नरेन्द्र खड्का, रेवानका पदाधिकारीहरू, दरवारमार्ग विकास बोर्डका अध्यक्ष संजिव तुलाधर सहित पदाधिकारीहरू र एनसेल, रोयल स्टयाग, गोरर्खा ब्रुअरी लगायत कम्पनीका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति थियो ।

सोही अवसरमा महोत्सवलाई सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक एनसेल, सहप्रायोजक गोरखा व्रुअरी, रोयल स्ट्याग सहित अन्य सहयोगी संस्थाहरुलाई प्रशंसापत्र महोत्सवको बैकिङ् पाटर्नर एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नर नेशनललाईफ इन्सुरेन्स, विभरेज पाटर्नर डावर नेपाल, अन्य सहयोगी पाटर्नरहरू नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिएका थिए । त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए । महोत्सवमा ६० वटा स्टल राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL