Logo

नेपाल बस्नका लागि विश्वकै २८ औ सस्तो देश, घरभाडामा सवैभन्दा कम

नेपाल बस्नका लागि विश्वकै २८ औ सस्तो देश, घरभाडामा सवैभन्दा कम


बिजखबर संवाददाता
0
Shares

नेपाल विश्वका सस्ता मुलुकहरुको सूचीमा २८ औं नम्वरमा परेको छ । विश्वका बस्नका लागि सस्तो ५० मुलुकको २८ औं नम्वरमा परेको हो ।

सम्वन्धित देशहरुको स्थानीय क्रय शक्ति सूचांक, भाडा सूचांक, किराना पसल सूचांक तथा उपभोक्ता मूल्य सूचंकका आधारमा सो तथ्यांक निकालिएको हो ।

यी ५० मुलुक अमेरिकाको न्यूयोर्कको तुलनामा भाडामा कम्तिमा पनि ७० प्रतिशत र किराना पसल कम्तिमा ४० प्रतिशत सस्तो छ । बस्नका लागि वेलारस विश्वकै बस्नका लागि सस्तो मुलुकमा पर्छ । नेपल बसोबासका लागि विश्वकै २८ औं सस्तो देशमा पर्ने तथ्यांकले देखाएको छ ।

वल्र्ड बैंकको तथ्यांक अनुसार नेपालको कुल ग्राह्यास्थ उत्पादन ७ सय डलर छ । नेपाल विश्वकै सस्तो भाडा दर भएको मुलुकमा पर्छ । काठमाडौंमा एउटा वेडरुमको भाडा १ महिनामा १ सय ९ डलर मात्र पर्छ । त्यस्तै दैनिक उपभोग्य सामग्री तथा ग्रोसरीजको भाउ पनि कम छ ।

सो भाडा ९५ प्रतिशत सस्तो हो । यहाँका स्थानीय सामग्री तथा सेवाको मूल्य ६९ प्रतिशत सस्तो छ । भाडामा नेपालपछि छिमेकी मुलुक भारतमा भाडा दर सस्तो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL